Comments Add Comment

लागुऔषध ब्राउन सुगरसहित झापाबाट दुई युवती पक्राउ

काठमाडौं- लागुऔषध ब्राउन सुगरसहित झापाबाट दुई युवती पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका–९ झरना टोलकी २४ वर्षीया झरना विक र झापाकै कमल गाउँपालिका–३ कि २४ वर्षीया सन्ध्या राई छन्।

विकले आफ्नो घरमा ब्राउन सुगर बेच्ने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको थियो।

सो क्रममा उनको घरभित्र लुकाई राखेको ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो। सोही क्रममा उनकी साथी राई पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै