Comments Add Comment

Advertisment

SKIP THIS

‘बोल्दै नबोलेको’ अभिव्यक्तिले आँचललाई तनाव, बदनाम गर्न खोजेको भन्दै पुगिन् साइबर ब्युरो

२५ असार , काठमाडौ । अभिनेत्री आँचल शर्मालाई अहिले सामाजिक सञ्जालकै कारण एउटा ‘भाउँतो’ आइलागेको छ।

आफूले बोल्दै नबोलेको कुराहरू सामाजिक सञ्जालमा आएका भन्दै उनी नेपाल प्रहरीको साइबर ब्युरोसम्म पुगेकी छन्।

आँचलले चर्चित अभिनेता दयाहाङ राईलाई ‘पाखे गवाँरहरूको अभिनेता’को आरोप लगाइन्’ भन्दै एउटा फेसबुक पेजले पोस्ट गरेपछि आँचलले प्रहरी गुहारेकी हुन्।

NEB Result & Update नाम गरेको एक फेसबुक पेजले अभिनेता राईलाई शर्माले गवाँर अशिक्षितहरूको मात्र कलाकार भएको भन्दै पोस्ट गरेको थियो। यद्यपि उक्त पेजले अहिले यो अभिव्यक्ति हटाइसकेको छ।

तर आँचलले उक्त अभिव्यक्ति कहीँ कतै नदिएको र सामाजिक सञ्जालमा आफ्नो बदनाम गर्न खोजिएको उकेरासँग बताइन्। उनले भनिन्, ‘मैले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ। दया दाईले त्यो पेज स्क्रिन सट गरेर पोष्ट गरेपछि अहिले त्यो पेज बन्द भएको छ। यसैको कानुनी कारबाहीका लागि साइबर ब्युरोमा आइपुगेकी छु। हेरुम् अब के हुन्छ।’

यता अभिनेता राईले पनि आँचलले अहिलेसम्म आफ्नोबारे त्यस्तो बोलेको नसुनेको र एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु, बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म नभएको फेसबुकमा लेखेका छन्।

राईले थप लेखेका छन्,’सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न अनुरोध गर्छु।’

‘नेपालको उत्कृष्ट अभिनेता ठान्ने मानिसहरू मुर्ख र अशिक्षित छन्। उनलाई गवाँर र पाखेको भूमिका मात्रै थाहा हुन्छ,’ उक्त पेजले आँचल शर्मालाई उद्धृत गर्दै यही वाक्य लेखेको थियो।

अभिनेत्री शर्माले दिएको भनिएको उक्त भ्रमपूर्ण सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि राईले लेखेका छन्।राईले त्यस्ता भ्रमपूर्ण सामग्रीहरू प्रसार नगर्न पनि अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै