Comments Add Comment

गाउँपालिकाको अध्यक्षमाथि हातपात गरेको आरोपमा शान्तिकुमारी प्रहरी नियन्त्रणमा

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्षमाथि हातपात गरेको आरोपमा उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन् । अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै