Comments Add Comment

Advertisment

SKIP THIS

विश्व खाद्य कार्यक्रम डब्लुएफपीको नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,८ साउन । काठमाडौं प्रहरीले काठमाडौंको भीआईपी क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई काठमाडौंको गोकर्णेश्वर-८ बस्ने ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ४० वर्षीय लीलाबहादुर भ्लोन छन्।

उनीहरूलाई परिसर र प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

जयराम केसी नाम राखेर घनश्याम कटवालले आफैंलाई उपसचिव घोषणा गर्दै कार्यालयमा प्रमुखका रुपमा बसेको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौंको बुढानिलकण्ठमा मासिक एकलाख ८० हजार रुपैयाँमा घरभाडामा लिएर कार्यालय खोलि नक्कली कार्यालय खडा गरेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।

यसरी कार्यालय खोलेर ठगीगर्नेमा कार्यालय प्रमुख जयराम केसी, कार्यालय सञ्चालक पेम्बा तामाङ, आकाश राई र प्राविधिक इन्जिनियर दिपेश गुरुङ रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुमध्ये केसीले आफुलाइृ नेपाल सरकारको उप सचिव बताउने गरेका थिए भने पेम्बा तामाङले शाखा अधिकृत र आकाश राईले जनसम्पर्क अधिकृत रहेको बताएका थिए ।उनीहरु हाल फरार छन् ।

उनीहरुले आफुहरु नेपाल सरकारको कर्मचारी भएको दाबी गर्दै केही कर्मचारीहरुलाई पछि नियुक्ती दिने गरी काममा लगाई डब्लुएफपीको नक्कली छाप तथा लेटर प्याड समेत बनाएर विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा करोडौं रुपैयाँको टेण्डर आह्वानको विज्ञापन समेत प्रकाशित गरेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोृ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै