Comments Add Comment

Advertisment

SKIP THIS

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ : रास्वपा सभापति लामिछाने

१० साउन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई पनि निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाइ रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिए ।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउदै यस विषयमा गृहमन्त्रीले सदनमा चितबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment