व्यक्तिगत मानहानि र चरित्रहत्या गरेको भन्दै एक महिलाले पूर्वसचिव उपाध्यायविरूद्ध प्रहरीमा उजु -
Comments Add Comment

Advertisment

SKIP THIS

व्यक्तिगत मानहानि र चरित्रहत्या गरेको भन्दै एक महिलाले पूर्वसचिव उपाध्यायविरूद्ध प्रहरीमा उजु

भरतपुर । चितवनकी एक महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो व्यक्तिगत मानहानि र चरित्रहत्या गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडियोलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।

वास्तविकता के हो भन्ने नै नबुझी अनधिकृतरुपमा सामाजिक सञ्जालमा तस्बिर राखेर व्यक्तिगत चरित्रहत्या भएको भन्दै उक्त फेसबुक प्रयोगकर्तालाई तत्काल नियन्त्रणमा लिई कानुनी उपचार गराउन माग गर्दै प्रहरीमा ‘साइबर क्राइम’सम्बन्धी उजुरी दर्ता गराएकी हुन् । भीम उपाध्याय (मनमौजी) नामक फेसबुकमार्फत पीडित महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट भएको थियो ।

‘त्यतिबेला रमाइलो गर्नका लागि छोटो भिडियो बनाएर टिकटकमा राखेकी थिएँ’, पीडित पूर्णिमाया भन्छिन्, ‘अहिले आएर त्यही भिडियोको स्क्रिन सर्ट गरेर मविरूद्ध गाली बेइज्जती भइरहेका छन् । यसले म र मेरो परिवारलाई मानसिक यातना दिएको छ ।’ भीम उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।

तस्बिरमा हड्डी खाइरहेको जस्तो देखिन्छ । केही दिनदेखि पूर्वमा गोरू खाएको विषयले निकै चर्चा पाइरहेको छ । सोही क्रममा पूर्वकै घटनालाई जोडेर चितवनकी एक निर्दोष महिलाले अनाहकमा गाली बेइज्जती सहनु परेको छ । नखाएको विष लागेको भन्दै पीडित पूर्णिमायाकी सासू विष्णुमायाले दोषीलाई तत्काल खोजी गरी हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।

‘तनहुँ माइतीमा साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तस्बिरलाई लिएर एउटा निर्दोष व्यक्तिको चरित्रहत्या गर्न पाइँदैन’, उनले भनिन्, ‘त्यसैले यस्ता सामाजिक सञ्जालको दुरूपयोग गर्नेहरुलाई हदैसम्मको कारबाही होस् भन्न चाहन्छु ।’

पूर्णिमायाकी देवरानी पुष्पाले साढे दुई वर्षअघि राँगाको मासु खाएको भिडियोको ‘स्क्रिन सर्ट’ गरेर सामाजिक सञ्जालमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएकोले त्यसले परिवारमा नराम्रो असर परेको बताएकी छन् । सोही घटनाले परिवारमा मानसिक तनाव सिर्जना भएको उनले बताइन् । ‘त्यतिबेला त्यो भिडियो मैले नै खिचिदिएको हुँ’, उनले भनिन्, ‘अहिले भीम उपाध्यायजस्तो व्यक्तिले वास्तविकता नबुझीकनै हाम्रो परिवारको चरित्रहत्या गर्ने काम गरेका छन् ।’

घटनाको विस्तृत विवरण

पूर्णिमाया र विष्णुमाया सासूबुहारी हुन् । तर, दुवैको माइती एकै ठाउँमा, तनहुँको देवघाट–५, पिपलटार । २०७८ सालको फागुन ९ गते माइतीमा भोज थियो । गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ । त्यसैले त्यहाँ पनि राँगाको मासु नहुने कुरै भएन । भोजको समयमा चेली र माइतीबीचमा नाचगान र खानपानकै माध्यमबाट रमाइलो गर्ने परम्परा अहिले पनि छ । सोही क्रममा माइती पक्षले पकाएको राँगाको खुट्टा खाँदै पूर्णिमायाले रमाइलो गरिन् ।

त्यतिमात्र होइन, छोटो भिडियो नै बनाएर टिकटकमा राखिन् । तर, अहिले आएर त्यतिबेलाकै भिडियोलाई तस्बिर बनाएर सामाजिक सञ्जालमा व्यापक बनाइएपछि उनी मानसिक तनावमा परेकी छन् । कुनै दिन त्यही भिडियोले तनावको अवस्था सिर्जना गर्ला भन्ने कल्पनासमेत नगरेकी उनलाई अहिले त्यही भिडियोको तस्बिरका कारण मानसिक तनाव सिर्जना भएको छ ।

घटनाबारे चितवन प्रहरीमा उजुरी दर्ता भइसकेको हुँदा आवश्यक अनुसन्धान गरेर कानुनी प्रक्रियामा जाने चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।   चितवन पोस्टबाट साभार न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै