Comments Add Comment

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै : सचेत रहन काठमाडौं प्रहरीको आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै यसबारे नागरिकहरु सचेत हुनुपर्ने जनाएको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाएर कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गर्ने क्रम पनि बढेको दाबी गरे । उनले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरिएको जानकारी दिए । उनले बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराए ।

‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले ८ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौं । एक नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा पाँच हजार ९४० जना हामीले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको अवस्था छ । साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन् । रकमतर्फ पाँच करोड ४१ लाख रुपैयाँभन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या छ । अहिले एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या पनि ठूलो छ । बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम ठगी गर्ने क्रम बढेको छ ।’

उनले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै