रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरको लिगमा पहिलो जीत -
Comments Add Comment

रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरको लिगमा पहिलो जीत

९ भदौ ,काठमाडौ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले साउदी प्रो–लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । अल नासरले अल फतेहमाथि ५–० को शानदार जीत हासिल गरेको हो ।

खेलमा अग्रता भने साडियो मानेले दिलाएका थिए । रोनाल्डोको उत्कृष्ट ब्याक हिल पासमा मानेले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले अर्को गोल थपे । खेलमा पूर्ण नियन्त्रण बनाएको नासरका लागि चौथो गोल साडियो मानेले ८१ औँ मिनेटमा गरे । त्यसपछि इन्जुरी समयमा रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment