के गर्ने होला मैले तिम्रो रिसाएर जाने बानी
मलाई कति रुवाउँछौ मेरी दिलकी रानी
कति चोटि बोलाए मैले नबोलेर गयौ
मनको मायाले बोलायो तिमि कहाँ पुग्यौ
यी आँखामा मैले तिम्रै रूप देख्छु
मेरा आँखाको नानीमा तिमिलाई पाउँछु
कति वर्ष हो मैले बाटो हेरी बस्नुपर्ने
छिट्टै आउँ है यो जिन्दगी सँगै हो बिताउनुपर्ने
यहाँ सम्म पुगेर साह्रै जिद्दी नगर
हाँसी खेली बसौला रमाइलो गर
के गर्ने होला मैले तिम्रो रिसाएर जाने बानी
मलाई कति रुवाउँछौ मेरी दिलकी रानी
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


