Comments Add Comment

तनहुँबाट प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ

काठमाडौं, तनहुँमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन्।

सोमबार मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग २ ख ९१७ नम्बरको यात्रुवाहक बसमा सवार एक यात्रु गाँजा सहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चितवन ईच्छाकामना गाउँपालिका वडा न-५ घर भएका ३० वर्षिया तिलक गुरुङ रहेका छन्। उनको साथबाट करिब १ केजी लागु औषध (गाँजा) फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं- ४ बेनिटार स्थित पृथ्वी राजमार्ग अन्तर्गत सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उनको साथ प्रहरीले सो परिमाणको लागु औषध (गाँजा) फेला पारेको थियो।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत तनहुँबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै