Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले मकवानपुरको हेटौँडाबाट ९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरको हेटौँडाबाट ९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरिया-१ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका-२ का ४० वर्षीय विजय तामाङ रहेका छन् ।

उनीहरुलाई हिरासतमा राखेर नक्कली नोटको कारोबारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै