२९ भदौ ,काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन्। आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क जान लागेका हुन् ।
१८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ । महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्। चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिए ।





