Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको वृहस्पती मार्गमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु

३० भदौ ,काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा घरको भ्यालबाट खसेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

घरको भ्यालबाट खसेर गम्भिर घाइते भएकाउक्त बालकको नागरिक अस्पताल गठ्ठाघर भक्तपुर उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment