Comments Add Comment

क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल, केही दिन अस्पतालमै रहनुपर्ने

४ असोज, काठमाडौ । क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल भएको छ। अभ्यासका क्रममा घाइते भएपछि उनको बिहीबार बी एन्ड बीु अस्पतालमा शल्यक्रिया गरिएको हो।

उनको ‘क्लोज राइट क्ल्याभिकल फ्याक्चर’ अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको थियो। चीनमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्‌ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्।

टिमका अफिसियल डाक्टर अभिशेकराज सिंहले शल्यक्रिया सफल भए पनि उनी केही दिन अस्पतालमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने जानकारी दिए।

‘उनी केही दिन डाक्टरको प्रत्यक्ष निगरानीमा नै रहनेछन्, हामी सबैको प्रयास ललितलाई ट्वान्टी–ट्वान्टी विश्वकप छनोटअघि नै मैदान फर्काउने रहनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment