बलात्कार प्रकरणमा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी -
Comments Add Comment

बलात्कार प्रकरणमा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी

२५ वैशाख , काठमाडौ । बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लामो आफ्नो धारणा राख्दै उनले घटना घटको नभए घटाइएको जिकिर गरेका छन् ।

आफू दोषी प्रमाणित भए फाँसीमा चढाए पनि हुने उनले बताएका छन् । ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन। तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ’, उनको दाबी छ ।
उनले अगाडि भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’
लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनले सामाजिक अभियन्ता र आफूमाथि खनिरहेकाहरूप्रति समेत कटाक्ष गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment