Comments Add Comment

Advertisment

SKIP THIS

‘राजु मास्टर’को नयाँ सिरियल ‘लफडा’ आजबाट प्रसारणमा

५ असोज , काठमाडौ । हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ ।

पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनले सिरियल आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत आउने उल्लेख गरेका छन् ।

राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनको अलावा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डङ्गोल, मञ्जु श्रेष्ठ, श्री थापा, मुकुन्द मैनाली, अनिता बस्नेत, केशव सापकोटा लगायतको अभिनय देख्न सकिनेछ ।

सिरियलमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ भने देखिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment