Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानसेनापति शर्मा आज नयाँदिल्ली जाँदै

७ असोज , काठमाडौ । प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आज (आइतबार) भारतको नयाँदिल्ली जाँदैछन्। उनी १३ औं इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जान लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

शर्मा बिहान साढे १० बजे नयाँदिल्ली प्रस्थान गर्ने सहायक रथि भण्डारीले बताए । १३औं इन्डो-प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ।

नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत देशहरू सम्मेलनमा सहभागी हुने छन्। प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापामगर सहभागी रहने प्रवक्ता भण्डारीले बताए।

प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै