१३ असोज , काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट लिखु गाउँ पालिका कार्य समितिको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन हिजो मार्कोपोलो रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको हो ।

प्रथम अधिवेसन तथा प्रथम साधारण सभाबाट १४ जनाको नयाँ कार्यसमिति गठन भएको छ अध्यक्षस् मन्जीरा घले, वरिष्ठ उपाध्यक्ष : रुविन नेपाली, उपाध्यक्षस् शैलेन्द्र राई, महिला उपाध्यक्षस् देवकी श्रेष्ठ, सचीवस् विष्णु कुमार नेपाली, सह-सचीव स् विनोद श्रेष्ठ, प्रवक्ता स् सागर सुनार, कोषाध्यक्ष अरुण श्रेष्ठ, सह-कोषाध्यक्ष स् सुरेश नगर्जी, सदस्यहरु गङ्गा श्रेष्ठ, संगीता घले, दिल्लिमान मिजार, सुनिल थापा मगर सर्वसम्मत निर्वाचित भएका हुन।

लिखु गाउँपालिकाका प्रमुख धुर्ब श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथी,लिखु गापाका उप-प्रमुख सुभत्रा उप्रेती अधिकारी,बिभिन्न वडाका अध्यक्षहरु नरहरि पान्डे,प्रकाश राई लगायत अन्य अध्यक्षहरु बागमती प्रदेशका अध्यक्ष दावा फेन्जो तामाङ, महिला उपाध्यक्ष अर्चना स्याङ्तान , सचीव करण तामाङ ,कुमारी घलान तामाङ, केन्द्रिय निवर्तमान बरिस्ठ उपाध्यक्ष नवराज ढुंगाना ,नेपाल सितिरियो कराँते संघ नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राई, सितिरियो कराते संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ का प्रवक्ता युवा नेता बिजय गुरुङ लगायतको संगीतकर्मी, कलाकार, संगीतप्रेमी, शुभाचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो विशेष आतिथ्यमा समपन्न भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति बाट अतिथिहरुलाई थप मनोरन्जन दिएका थिए ।
साथमा बागमती प्रदेशको अध्यक्ष दावा फिन्जो तामाङले मन्तव्य राख्दै भने हामी कलाकारहरु राष्ट्रको गहना मात्रै हैन अभिन्न अङ्ग पनि हुन् यो कुरा नेपाल सरकारले अनिवार्य ध्यानाकर्षण गर्नुपर्ने बताए ।
कार्यक्रमका संयोजक तथा सभापती मन्जीरा घलेले उपस्थित अतिथिगणहरु लगायत कार्यक्रम सफल पार्न उपस्थित सम्पूर्णलाई आयोजकको र आफ्नो तर्फबाट आभार व्यक्त गरिन् उनले आफुलाई अध्यक्षको लागी योग्य ठहरेर जिल्ला कार्यसमिति तथा नया कार्यसमिति साथै निर्वाचन कमिटीले थप जिम्मेवारी दिनु भएकोमा यो बिश्वास, माया र साथको सदैव कदर गर्नेछु आफुले सकेको जानेको योगदान संघलाई रहने प्रतिवद्दता जनाउदै कार्यक्रम समापन गरेकी थिईन ।
उक्त कार्यक्रममा अतिथि तथा संगीतकर्मी, कलाकारहरु, पत्रकार, समाजसेवीहरु, जना प्रतीनिधि हरु लाइ सम्मान पत्र र खदा ओडाई सम्मान गरेका थिए। राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमित्ति नुवाकोटका उपाध्यक्ष सन्दिप तामाङ र महासचिव छिरिङ तमङले सहजीकरण गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष उत्तम भण्डारीको स्वागत मन्तब्यबाट औपचारिकता लिएको थियो।






