१६ असोज , काठमाडौ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगि जबरजस्ती करणी गरेको भनि महिलाले प्रहरीमा उजुरी गरेकी थिइन् ।
बलात्कार पछी बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





