Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगञ्जमा शनिबार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी

नेपालगञ्ज । नेपालगञ्जमा कर्फ्यु आदेश हटाइएको छ । शनिबार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो ।

आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ । निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न पाइने छैन ।

यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै