Comments Add Comment

Advertisment

SKIP THIS

यूएईविरुद्धको खेलमा म्यान अफ द म्याच बने दीपेन्द्र

६ कात्तिक, काठमाडौ । यूएईविरुद्ध नेपालको म्याचमा विष्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरी म्याच अफ द म्याच चुनिएका छन् । छैटौं नम्बरमा आएका उनले १५ बलमै ४० रन बनाएका थिए ।

दीपेन्द्र क्रिजमा आउँदा नेपाल दवावको अवस्थामा थियो । नेपालले १५.३ ओभरमा ११० रन बनाउँदा क्रिजमा जमेका ओपनर आसिफ शेख आउट भएपछि दीपेन्द्रले छैटौं विकेटका रुपमा इन्ट्री गरेका थिए । जितका लागि नेपाललाई ३३ बलमा ५५ रन चाहिएको थियो ।

पहिलो बलमै छक्का हानेर उनले आफ्नो नियत स्पष्ट गरे । त्यसपछि पनि उनी रोकिएनन् । नेपालविरुद्ध पहिलो जित निकाल्ने आशामा रहेको दीपेन्द्रको आक्रमणमा स्तब्ध बन्यो ।

नेपालका लागि आसिफले अर्धसतक बनाए पनि दीपेन्द्रको इनिङ ‘म्याचविनिङ’ सावित भयो । त्यसैले उनलाई म्याच अफ द म्याचको पुरस्कार दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो

Advertisment

छुटाउनुभयो कि? सबै

यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो