काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदिशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-४ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपाने रहेका छन्।

न्यौपानेले पीडित निरज धमलासहित ७ जनाबाट १२ लाख रकम लिइ फरार रहेका थिए। आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उनले वैदेशिक रोजगारीका लागि पोर्चुअल पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी उनीहरूबाट सो रकम लिइ फरार रहेको प्रहरीले अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका न्यौपानेलाई अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ।