Comments Add Comment

Advertisment

SKIP THIS

डिउटी गर्दा गर्दै अस्ताए वरिष्ठ हवल्दार कार्की

१२ कात्तिक , काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।

शुक्रबार (हिजो) राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए । राति नै उपचारका निम्ति उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।

शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

“जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो,” परिसरको शोक विज्ञप्तिमा उल्लेख छ, “उहाँको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ ।”

परिसरले कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै