Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुर प्रहरीले वन मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ

उदयपुर प्रहरीले वन मुद्दामा दोषी करार भई फरार रहेका ३ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले ४ वर्षअघि अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेका उदयपुरगढी गाउँपालिका ६ भसुवा भुमरेका ७४ वर्षीय चनबहादुर विष्ट, ४८ वर्षीय भिमबहादुर अधिकारी र ४५ वर्षीय हरिबहादुर कटुवाललाई पक्राउ गरेको हो।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट नेपालटाबाट खटेको संयुक्त टोलीले पक्राउ गरिएको हो।

प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार वन मुद्दाको कसुरमा जिल्ला अदालत उदयपुरको ०७४ पुस २० गतेको फैसला अनुसार विष्टलाई २ महिना ७ दिन कैद सजायको फैसला सुनाएको छ। सोही मितिको फैसलामा अधिकारी र कटुवाललाई भने जनही २ महिना ७ दिन कैद तथा ४ लाख ६ हजार ३ सय ५१ रुपैयाँ जरिवानाको फैसला गरेको छ।

आइतबार पक्राउ तीनै जनालाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालतको जिम्मा लगाएको छ। अदालतले उनीहरुलाई कैद सजाय भुक्तानीका लागि सोमबार कारागार शाखा चलान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै