काठमाडौं। प्रहरी निरिक्षक (इन्सपेक्टर) रिषिराज ढकाल कोशी प्रदेश प्रहरीको कात्तिक महिनाका सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयले उयदपुरको इप्रका रामपुर, ठोक्सिलामा कार्यरत इन्सपेक्टर ऋषिराम ढकाल र इलाका प्रहरी कार्यालय भान्टावारी, सुनसरीमा कार्यरत सई दुर्गा बहादुर लिम्बुलाई कात्तिक महिनाको ‘पुलिस अफ दी मन्थ’ पुरस्कार दिएको हो ।

ढकालले ठुलो मात्रामा लागु औषधसहित पक्राउ गर्नुका साथै १३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ। यस्तै सई लिम्बुले डाँका चोरी मुद्धा र हिट एन्ड रनका प्रतिवादीलाई पक्राउ गरेका कारण सम्मानित गरिएको प्रदेश प्रहरीले उल्लेख गरेको छ।


