Comments Add Comment

Advertisment

SKIP THIS

अवैध रूपमा जुवा सञ्चालनपछि निलम्बित क्यासिनो फुकुवा गर्न चलखेल

७ साउन , काठमाडौ । क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अवैध रूपमा २४ सै घण्टा अनलाइन ‘जुवाखाल’ सञ्चालन गरेकाे काण्डमा सञ्चालकहरू २०८० माघ १८ गते पक्राउ समेत परेका थिए ।

पक्राउ पर्नेमा पर्नेमा भारतको पञ्जाब घर भएका ऋषभ पावा, क्यासिनो प्यालेसका मार्केटिङ निर्देशक गुलाब सिंह र  केज मेनेजर गौरव चोपडा रहेका थिए । गुलाब सिंह भारतको सिद्धार्थका हुन् । गौरब चोपडा दिल्लीका स्थानीय बासिन्दा रहेका हुन् ।

आफैले निलम्बन गरेको क्यासिनो फेरि फुकुवा गर्न पर्यटन विभागमा ठूलो चलखेल भएको खबर छ । निलम्बित क्यासिनो फुकुवा गर्न पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित र केही व्यावसायीहरू लागि परेको थाहा भएको छ ।

दरबारमार्गस्थित हाेटल डेला अन्नपूर्णमा संचालित क्यासिनो प्यालेस विगत दुई महिना देखि बन्द रहेको छ । हाेटल अन्नपूर्ण विगत चार बर्षदेखि बन्द रहेको छ । हाेटल नै बन्द रहेको अवस्थामा हाेटल परिसरमा रहेको क्यासिनो संचालन भैरहेको भन्दै पर्यटन विभागले गत दुई महिना अघि पत्र पठाउंदै क्यासिनो निलम्बन भएको भन्दै बन्द गर्न आदेश दियो ।

हाेटल अहिले बन्द अवस्थामा छ। तर बन्द रहेको हाेटलका संचालक मात्रै नभएर क्यासिनोका संचालकहरू समेत निलम्बित भएको क्यासिनो फुकुवा गराउन लागि परेका छन् ।आफैले बन्द गराउन पत्र काट्ने पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित समेत अब क्यासिनो खुलाउन लागि परेकाे खबर छ।

समाचार स्रोतका अनुसार, क्यासिनो निलम्बन फुकुवा गराउन रकमको ठूलो चलखेल समेत भैरहेको छ। महानिर्देशक पण्डितलाई क्यासिनो र हाेटलका संचालकहरूले व्यापक दबाब समेत दिएर क्यासिनो खुलाउने अभियानमा लागेको समेत थाहा भएको छ।

बन्द रहेकाे हाेटल अन्नपूर्ण २०८१ सालसम्म नवीकरण रहेको छ। तर हाेटल भने चार बर्ष देखि बन्द छ। हाेटल बन्द भए पनि क्यासिनो भने निरन्तर चलिरहेको थियो । बन्द हाेटलमा क्यासिनो संचालन भएको भनी धेरै विवाद भए पछि पर्यटन विभागले क्यासिनोलाई निलम्बन गर्दै बन्द गर्न निर्देशन दिएको थियो ।

अहिले सत्ता समीकरण नयाँ बनेसंगै हाेटल र क्यासिनोका संचालकहरू क्यासिनोकाे निलम्बन फुकुवा गर्न लागि परेकाे खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment