काठमाडौँ । साउदी अरब पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी घर भएका ५८ वर्षीय ईब्राहिम मिया छन् ।
सिनामंगल बस्दै आएका मियाले जमाल अहमद फकिरलाई साउदी अरब पठाउँछु भनेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
प्रहरीले उनलाई सिनामंगलबाट पक्राउ गरेर कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।






