Comments Add Comment

Advertisment

SKIP THIS

लागु औषध ब्राउन सुगरसहित सिराहामा दुई जनालाई प्रहरीले पक्राउ

सिराहा – लागु औषध ब्राउन सुगरसहित सिराहामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय माडर खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा मिर्चेया नगरपालिकाका २४ वर्षीय कृष्णाकुमार यादव र १८ वर्षीय रुपेश पासवान रहेका छन्।

खानतलासीका क्रममा उनीहरूबाट एक ग्राम ७२ मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भेटिएकाे जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता रबिन्द्रराज पाण्डेले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै