Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी खत्रीद्वारा जस्तोसुकै अवस्थामा पनि व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन

काठमाडौं: काठमाडौं जिल्ला प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।

प्रहरी वृत्त कालिमाटी र प्रहरी वृत्त स्वयम्भुको निरीक्षण तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा एसएसपी खत्रीले उक्त कुरा बताउनुभएको हो ।

निर्देशनकै क्रममा एसएसपीले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस: पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै