१ पुष काठमाडौ । इटहरीमा बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ परेको छ । इटहरी उप-महानगपालिका-९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईटहरी-४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् । मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ ।
बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।






