बेरोजगार युवाहरुबाट १० करोडभन्दा बढी ठगेको आरोपमा प्रहरीले लाल लामालाई पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

बेरोजगार युवाहरुबाट १० करोडभन्दा बढी ठगेको आरोपमा प्रहरीले लाल लामालाई पक्राउ

काठमाडौँ । युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् ।

४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाईबा, राजेश तुम्सीङ मगर, दावा लामालगायतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए ।

सो उजुरीपछि अनुसन्धान गर्दै जाने क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत पाइएको छ ।

उनलाई शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा १० करोडभन्दा बढी रकम उठाएको पाइएको रेग्मीले बताए । उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3