अदालतबाट हतकडीसहित फरार भएका थुनुवा खड्कालाई प्रहरीले जडीबुटीबाट पक्राउ -
Comments Add Comment

अदालतबाट हतकडीसहित फरार भएका थुनुवा खड्कालाई प्रहरीले जडीबुटीबाट पक्राउ

काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवा पुनः पक्राउ परेका छन् ।

बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्रीले बताए अनुसार उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको हो ।

आज बिहान प्रहरीले जडीबुटीबाट नियन्त्रणमा लिई उनलाई पुनः हिरासतमा राखिएको एसएसपीले बताएका छन् ।

खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै