Comments Add Comment

Advertisment

SKIP THIS

यू-१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

२० पुष ,काठमाडौ । आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे ।

क्यानले दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म चल्नेछ ।

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम के।सी, सुभाष भण्डारी, दिपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment