Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको नागढुंगाबाट २० ग्राम ‘खैरो हिरोइन’ सहित प्रहरीले झापाका सन्देशलाई पक्राउ

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका – २ नागढुंगास्थित चेक प्वाइन्टबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ सरणपाडाका २८ को सन्देश पाठक रहेका छन् । उनको साथबाट २० ग्राम ‘खैरो हिरोइन’ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–१–००१ ख.३८४४ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । बसको पछाडि सिटमा सवार उनको साथमा प्रहरीले कालो रंगको प्लास्टिकमा बेरी ल्याएको लागुऔषध खैरो हिरोइन भेटाएको थियो ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै