Comments Add Comment

पोखराको बसपार्कमा यात्रु तानातान गरेर दु:ख, हैरानी दिने चार जनालाई प्रहरीले पक्राउ

काठमाडौं: पोखरा बसपार्कमा यात्रु तानातान गरेर दु:ख हैरानी दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राती करीब ९ बजेको समयमा पोखरा बस पार्कमा बस चढ्न आउने यात्रुलाई जवरजस्ती झोला तानी दुःख हैरानी दिदै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बैदाम तथा अस्थायी प्रहरी पोस्ट पृथ्वीचोक कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँको भिमाद नगरपालिका वडा नं. ९ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ वसपार्क वस्ने वर्ष २६ का सागर क्षेत्री, बागलुङ तित्याङ गाँउपालिका वडा नं.वडानं.०९ स्थायी घर भई हाल पोखरा ३२ बस्ने बर्ष २४ का राजन खत्री, पर्वतको महाशिला गाँउपालिका वडा नं.०४ स्थायी घर भई हाल पोखरा १४ खाल्टेमशिना बस्ने बर्ष १९ को सुनिल मल्ल र पोखरा १५ बस्ने बर्ष १९ का अमृत सुनारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले पृथ्वीचोक वसपार्कमा सवारी साधनको खोजीमा रहेका यात्रुहरुलाई झोला समाती आफुहरुले चाहेको गाडीमा चढ्न दवाव दिने, नमानेमा दु:ख हैरानी दिने गरेको प्रहरीको आरोप छ। उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै