काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।
ललितपुर प्रहरीका अनुसार महालक्ष्मी नगरपालिकास्थित इमाडोलको कृष्णमन्दिर नजिकै बस्ने दोलखा घर भएकी २८ वर्षीया न्यूतन प्रधान इनारमा खसेकी हुन् ।
कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेकी बेला स्ल्याब फुटेर उनी इनारमा खसेकी हुन् । उनको उद्धारकार्य भइरहेको छ ।
उनको उद्धारका लागि प्रहरीको विपत् व्यवस्थापन सामाखुसीको टोली इमाडोल पुगेको ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले जानकारी दिए ।
इनारभित्र महिला बोलिरहेको र उनको अवस्था हालसम्म खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।



