Comments Add Comment

Advertisment

SKIP THIS

कमल थापाले बोलाए केन्द्रीय समितिको पहिलो बैठक

७ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन् । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

राप्रपा नेपालका नेता लाक्पा तामाङले धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी दिए । बैठकमा पार्टीको संगठनात्मक संरचना, आगामी रणनीति, समसामयिक विषय लगायतमा छलफल केन्द्रीत हुने बताइएको छ ।

राप्रपा नेपालको केन्द्रीय कमिटी हाल ६१ जनाको रहेको छ । निर्वाचन आयोगले कमल थापाको नेतृत्वमा पार्टी रहेको भनि अध्यावधिक गरिसकेको छ । राप्रपा परित्याग गरेसँगै लाक्पा तामाङले कमल थापालाई नेतृत्व दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै