Comments Add Comment

नयाँ पार्टी बनाउँछौँ : कमल थापा

२९ माघ, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका कमल थापाले बिहीबार बैठक बसेर नयाँ पार्टी बनाउने सहमति भएको बताएका छन्। शुक्रबार इटहरीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।

फागुनको पहिलो हप्तासम्म नयाँ पार्टी दर्ता गर्ने बताउँदै उनले नयाँ पार्टीमा राजतन्त्रको विषय हाल्ने नहाल्ने भन्ने बहस भइरहेको बताए। उनले हिन्दु राज्यको विषयमा फाइनल भए पनि राजतन्त्रको विषयमा छलफल हुन बाँकी रहेको बताए।

मूलतः दक्षिण पन्थी दल गठन गर्ने बताउँदै उनले भने, ‘जसमा हिन्दु राज्यको विषय मूल एजेन्डा हुन्छ। राजतन्त्रको एजेन्डा के हुन्छ भन्नेमा छलफल जारी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment