ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने तीन जनालाई चितवन प्रहरीले पक्राउ -
Comments Add Comment

ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने तीन जनालाई चितवन प्रहरीले पक्राउ

चितवन । प्रहरीले ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा-१ का २६ वर्षीय दिपक विक र वडा-२६ का २५ वर्षीय सागर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार उनीहरूले फोन गरेर १५ लाख रकम फिरौती माग गरेर नदिए गोली हान्ने धम्की दिएका थिए ।

प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

रुपन्देहीको असुरैना घर भई भरतपुर महानगरपालिका-१ मा व्यवसाय गरेका करण गुप्तालाई फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका थिए।

उनीहरुमाथि आपराधिक षड्यन्त्र मुद्दामा प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै