Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीबाट प्रहरीले खैरो हेरोईनसहित पाँच जनालाई पक्राउ

कैलाली । कैलालीमा खैरो हेरोईनसहित पाँचजना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी अनुसन्धान समुह (आरआईटि) सुदुरपश्चिम, लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले धनगढीको देबरियाबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का २४ वर्षीय राज चौधरी, पुनर्बास नगरपालिका १ का २१ वर्षीय हरिलाल राना, पुनर्बास १ कै ३२ वर्षीय कनैया राना, सोही ठाउँका १८ वर्षीय अर्जुन राना र बेलौरी नगरपालिका ७ का १९ वर्षीय अविसेन राना रहेका छन् ।

उनीहरुको साथबाट ६.८७ ग्राम खैरो हेरोईन बरामद गरिएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै