Comments Add Comment

Advertisment

SKIP THIS

बोक्सो भन्दै मगरको हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले १५ वर्षपछि पक्राउ

काठमाडौं- बोक्सो भन्दै व्यक्ति हत्या गरेर फरार भएका दुई जना १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका ४२ वर्षीय सन्तबहादुर मगर र सोही ठाउँका ४४ वर्षीय टंकबहादुर मगर छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले पक्राउ गरेको हो। उनीहरुले २०६५ असोज २९ गते रोशी–३ कै जनकबहादुर मगरलाई बोक्सो भन्दै कटपिट गरेर हत्या गरेका थिए।

हत्या गर्ने व्यक्तिहरु जनकका भतिज नाता पर्नेहरु हुन्। काकाको हत्या गरेर फरार भएका उनीहरुलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै