पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर -
Comments Add Comment

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

८ माघ ,काठमाडौ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो ।

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोही डामिने : कोही नियुक्ति खाने

Advertisment

छुटाउनुभयो कि? सबै

कोही डामिने : कोही नियुक्ति खाने