Comments Add Comment

तीन किलो चाँदी चोरी गरेको आरोपमा प्रहरीले किन्ने र चोर्ने दुबैलाई पक्राउ

काठमाडौं । तीन किलोभन्दा बढी चाँदी चोरी गरेको आरोपमा गरी दुई जना पक्राउ परेका छन्।

इमाडोलमा शम्भू विश्वकर्माले सञ्चालन गरेका स्नेहा सिल्भर कारखानबाट ३ किलो २०७ ग्राम चाँदी चोरेको आरोपमा अनिल बराइली र राजन शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

बराइली चोरी आरोपमा पक्राउ परेका हुन् भने शाक्य चोरीको चाँदी किनेको आरोपमा पक्राउ परेका हुन्। प्रहरी अनुसन्धानबाट उक्त चाँदी सोही काम गर्ने बराईलीले चोरी गरेको थियो।

उक्त सामान बराइलीले ललितपुर मंगलबजारमा रहेको शिवजी ज्वेलर्सका सञ्चालक शाक्यलाई ३ लाख ३० हजार रुपैयाँमा बेचेका थिए।

चोरेको र चोरेको सामान किनेको आरोपमा दुवै जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पक्राउ गरेको छ। उनीहरुविरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै