वैदेशिक रोजगारीमा मकाउ पठाइदिने भन्दै ठगी गर्ने सिग्देललाई प्रहरीले पक्राउ -
Comments Add Comment

वैदेशिक रोजगारीमा मकाउ पठाइदिने भन्दै ठगी गर्ने सिग्देललाई प्रहरीले पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति मकाउ पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने काठमाडौंको महाराजगन्जका ५३ वर्षीय पृथ्वीराज सिग्देल हुन् ।

गएको शुक्रबार सिग्देललाई महाराजगन्जबाटै पक्राउ गरिएको नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, सिग्देलले मनिराम तिमल्सिनालगायत व्यक्तिलाई रोजगारीका लागि मकाउमा पठाइदिने र त्यसका निम्ति नौ लाख रुपैयाँ लाग्ने भन्दै रकम लिएका थिए ।

तिमल्सिनासँग दुई लाख ७० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएका थिए । सिग्देलले ठगी गरेको भन्दै तिमल्सिना प्रहरीमा पुगेपछि उनी पक्राउ परेका हुन् ।

थप अनुसन्धानका लागि सिग्देललाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै