काठमाडौँको होटेल भियानाबाट जुवा तास खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ -
Comments Add Comment

काठमाडौँको होटेल भियानाबाट जुवा तास खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित होटेल भियानामा जुवा तास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले उक्त होटेलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै