धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु -
Comments Add Comment

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर पछाडि सवार बर्दियाको बाँसगढी नगरपालिका-४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरी रहेका छन् । मं

गलवार साँझ धनगढी उपमहानगरपालिका–६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएको थियो।

दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्कुटर र चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै