Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीले ६ महिनामा तीन हजार बढी लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । आर्थिक वर्षको पहिलो ६ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् ।

यीमध्ये एक हजार ९६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन्।

उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै