Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको जनसेवा क्षेत्रमा आतंक मच्चाएका ‘टोले गुण्डा’लाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौंको जनसेवा क्षेत्रमा आतंक मच्चाएका ‘टोले गुण्डा’लाई प्रहरीले पक्राउ गरेको छ ।

दुई युवकमाथि चक्कु प्रहार गरेर फरार भएका बब शर्मा भनिने विजयन्त प्रताप शर्माले प्रहरी वृत्त जनसेवामा आत्मसमर्पण गरेका हुन्।

जनसेवामा केही दिनअघि मात्रै प्रदीप केसी र अर्का एक युवा गरी २ जनामाथि चक्कु प्रहार भएको थियो।

चक्कु प्रहारबाट घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। सो क्रममा अहिलेसम्म चक्कु प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

बब शर्मासँगै पक्राउ पर्नेहरुमा रन्जन कुमार, सुवास श्रेष्ठ, प्रविना खत्री, समुन महर्जन छन्।

पक्राउ परेका सबै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै