Comments Add Comment

Advertisment

SKIP THIS

नापी सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुससहित पक्राउ

२५ माघ , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालय सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई अख्तियारको टोलीले १ लाख घुससहित पक्राउ गरेको हो । टंगालबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

उनीहरूले जग्गा हाल साबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment