३३औँ स्थापना दिवसका अवसरमा अख्तियारद्वारा रातोपाटीका सुवास गोतामे पुरस्कृत -
Comments Add Comment

Advertisment

SKIP THIS

३३औँ स्थापना दिवसका अवसरमा अख्तियारद्वारा रातोपाटीका सुवास गोतामे पुरस्कृत

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रातोपाटीकर्मी सुवास गोतमेलाई पुरस्कृत गरेको छ । आयोगले आइतबार आफ्नो ३३ औँ स्थापना दिवसका अवसरमा गोतामेलाई समाचारमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा योगदान गरेको भन्दै पुरस्कृत गरेको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ नगद र कदरपत्र रहेको छ । गोतामे डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

सोही अवसरमा लोकान्तर डटकमका पत्रकार अजय अनुरागी र कान्तिपुर दैनिकका पत्रकार मात्रिका दाहाललाई पनि पुरस्कृत गरिएको थियो । यसैगरी आलेखतर्फ सुदर्शन आचार्य पुरस्कृत भए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पुरस्कृत सञ्चारकर्मीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा राखे । यसैगरी अख्तियारका प्रमुख प्रेमकुमार राईले पनि पुरस्कृतहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै